काठमाडौं । अनेकौ उपायहरु काम नलागेको भन्दै लामो फेसबुक स्टाटस लेखेर संघीय संसद् भवनअगाडि आफैलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेम प्रसाद आचार्यको मृत्यु भएको छ । आचार्यको आज बिहान किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मंगलबार दिउँसो इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास दर्दा प्रहरीले उद्धार गरेर अस्पताल लगेको थियो । उनको शरिरको ८० प्रतिशत भाग जलेका थिए ।
प्रतिक्रिया