झापा । झापाको एभरेष्ट चिया बगानमा एक युवक र एक युवती मृत भेटिएका छन्।
कचनकवल गाउँपालिका ४ केचनामा रहेको चिया बगानमा दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरु युवक अन्दाजी २५ र युवती १८ वर्षकी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया