२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

देवराज घिमिरे प्रतिनिधि सभा सभामुखमा निर्वाचित



काठमाडौं । नेकपा एमालेका देवराज घिमिरे तिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन् । बिहीबार प्रतिनिधिसभामा घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत र विपक्षमा १०० मत परेको हो । कल २७५ मध्ये २६८ सांसद मतदानमा सहभागी थिए । एक जना सांसद तटस्थ बसे ।

घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिए ।

घिमिरेको उम्मेदवारीमाथि बहुमत पुगेपछि कांग्रेसको तर्फबाट उम्मेदवार ईश्वरी न्यौपानेको उम्मेदवारीमाथी छलफल नै भएन ।

प्रकाशित : ५ माघ २०७९, बिहिबार ००:००