काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले शुक्रबार थुनामुक्त हुने भएका छन् । उच्च अदालतले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएसंगै उनी शुक्रबार थुनामुक्त हुन लागेको हो ।
लामिछाने बिहिबार नै छुट्ने बताइएपनि उच्च अदालको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने समय लगेको हो ।
उच्चले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरेकाले काठमाडौं अदालतबाट पत्र प्राप्त हुनुपर्ने कारागार स्रोतले जनाएको छ ।
प्रतिक्रिया