पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका छन् । अधिकारीले सोमबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेका हुन ।
प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गरेका हुन् । सत्तारूढ दलहरूको भागबण्डामा गण्डकी प्रदेशमा एमालेले पुरै कार्यकाल मुख्यमन्त्री पाएका छन् ।
अधिकारीले ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका छन् । उनीलाई माओवादी, राप्रपा र स्वतन्त्र सांसद दीपक मनाङले समर्थन गरेका छन् ।
गण्डकी प्रदेश सभामा ६० सांसद रहेका छन्
प्रतिक्रिया