विराटनगर । प्रदेश नं. १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश नम्बर एकका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्कीलाई संविधानको धारा १६८ (२) अनुसार उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
झापा क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित कार्कीलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीले समर्थन गरेका छन् ।
नेकपा एमाले सहित आफुलाई समर्थन गर्ने दलका ६० जना प्रदेश सभा सदस्यको समर्थनमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
प्रदेश प्रमूखले दिएको समय सकिन एक घण्टा अघि नै उनीले दाबी गरेका थिए ।
प्रतिक्रिया