काठमाडौं – लोकप्रिय गायिका सिम्पल खरेलको सुमधुर स्वरमा सजिएको नयाँ म्युजिक भिडियो जहाँ तिमी अनि म सार्वजनिक भएको छ।
प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने संगीत संगीतकार टिका दाहालको रहेको छ। राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा स्वयम् गायिका खरेल फिचर्ड छिन्। भिडियोमा हरि हुमागाईको छायाँकन र सम्पादन रहेको छ। गायिका खरेलको निर्देशनमा भिडियो तयार पारिएको हो। खरेलकै च्यानल सिम्पल खरेल मार्फत भिडियो सार्वजनिक भएको हो।
प्रतिक्रिया