२९ आश्विन २०८१, मंगलबार । October 16, 2024

Breaking

युवतीको विषयमा झडप हुँदा बुटवलमा एक वृद्धको मृत्यु



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा स्थानीयबीच झडप हुँदा एक जनाको निधन भएको छ । शुक्रबार साँझ जितगढी नजिकै भएको झडपममा ६० वर्षीय यमप्रसाद नेपालको मृत्यु भएको हो ।

स्थानीय युवतीको विषयमा भएको झडपमा गम्भिर घाईते नेपालको एडमण्ड सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा पाँच छ जना शुक्रबार साँझ यमप्रसादको घर पुगेर आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न चार जना नियन्त्रणमा लिएको र  अन्यको खोजी भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रकाशित : २३ पुस २०७९, शनिबार ००:००