काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पा बस दुर्घटनामा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान ट्वीट मार्फत सार्वजनिक यातायातलाई सुरक्षित र मर्यादित बनाउन सबै पक्षसंग अपिल समेत गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले मृतकका आफन्तहरुप्रति गहिरो समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
रूपन्देहीदेखि पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको बस बुधबार राती रैनादेवी छहरा गाउँपालिका ८ मा दुर्घटना भएको थियो । ग १ ख ४९७७ नम्बरको बस दर्घटना ६ जनाले ज्यान गुमाए भने १६ जना घाईते भएका छन् ।
राती करिब साडे ९ जबे बस दर्घटना भएको प्रहरीले उल्लेख गरेको छ ।
गएराति पाल्पाको बस दुर्घटनामा मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु, मृतकका आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा हार्दिक अपील गर्दछु।
— PMO Nepal (@PM_nepal_) January 6, 2023
प्रतिक्रिया