काठमाडौं । प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेता बीच भेटवार्ता भएको हो । नेकपा एसका अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने नदिने सस्पेन्समै रहने बताएको केहि समयमा भएको भेटलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् ।
प्रतिक्रिया