काठमाण्डौ । सत्ता गठबन्धनको बैठक आज दिउँसो प्रधानमन्त्री निवास वालुवाटारमा बस्दै छ ।
सरकार समर्थक ७ दलबीच आगामी रणनिति र भागबन्डाको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, कुन दलले कुन कुन मन्त्रालयहरू लिने भन्ने एजेण्डा रहेका छन् ।
सत्ता गठबन्धनको बैठक अघिलो दिन बुधबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच खुमलटारमा छलफल भएको थियो ।
प्रतिक्रिया