१९ माघ २०८१, शनिबार । February 1, 2025

Breaking

विदेशी जेलमा करिब नौ हजार भारतीय बन्दी



भारतीय विदेश राज्यमन्त्री वी मुरलीधरनका अनुसार विश्वका विभिन्न देशका ८६ कारागारमा करिब ९,००० भारतीयहरू कैदीको रूपमा समय बिताइरहेका छन्। शुक्रबार भारतीय लोकसभाका एक सदस्यको प्रश्नको जवाफमा मन्त्रीले सो जानकारी दिएका हुन् ।

उनले भने, ‘डिसेम्बर १५ सम्म प्राप्त जानकारीअनुसार विदेशका विभिन्न कारागारमा झण्डै ८९५० भारतीय जेलमा छन् । जसमध्ये १ हजार ८५८ यूएईका विभिन्न कारागारमा, १३८४ साउदी अरबका विभिन्न कारागारमा र १ हजार २ सय २२ नेपाली जेलमा छन् ।

यस क्रममा उनले विदेशमा थुनिएका यी भारतीयहरुको सुरक्षा सुनिश्चित गर्न भारत सरकारले अधिकतम निगरानी गरिरहेको पनि बताए । मोदी मन्त्रिपरिषद्का यी महत्त्वपूर्ण सदस्यले भारत सरकारले बन्दी रिहाइका लागि चौबीसै घण्टा कन्सुलर सुविधा उपलब्ध गराएको बताए ।

यसैबीच मुरलीले बन्दी फिर्ताको बारेमा भने, ‘भारतले ५० देशसँग सुपुर्दगी सम्झौता गरेको छ भने १२ देशसँग सुपुर्दगीको व्यवस्था गरेको छ । साथै उनले सजाय भोगेका व्यक्तिको स्थानान्तरणका लागि ३१ देशसँग सम्झौता भइसकेको जानकारी दिए ।

प्रकाशित : ११ पुस २०७९, सोमबार ००:००