काठमाण्डौ । एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको स्वास्थ्य स्थिति बुुझ्न प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संगै अस्पताल पुगेका छन् ।
बुधबार दिउँसो प्रचण्ड र देउवा नेपालको स्वास्थ्यबारे जानकारी लिन अस्पताल पुगेका हुन ।
ज्वरोसहित रुघाखोकी र छाती दुख्ने समस्या देखिएपछि नेपाल मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका थिए ।
अध्यक्ष नेपालको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया