काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।
। संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनमा माओवादीको भूमीका लगायत विषमा छलफल छलफल हुने छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार बन्दा पहिलो पालोमै प्रधानमन्त्री दाबी सहित भेटघाटलाई तीव्रता दिएका छन् । कांग्रेस प्रधानमन्त्री र राष्टपति आफुले राख्ने रणनीतिमा लागेपछि गठबन्धनको सरकार बनाउने निर्णय गरेर अघि बढेका कांग्रेस माओवादीमा को पहिलो प्रधानमन्त्री बन्ने भन्ने विषय पेचिलो हुदै गएको छ ।
प्रचण्डले शनिबार मात्र कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए ।
देउवासमेत दावी नछाडेका कारण माओवादीले नेकपा एमालेसंगको संवादलाई समेत सघन बनाएको छ ।
प्रतिक्रिया