काठमाडौं । कतारमा जारी फिफा विश्वकप २२ को सेमिफाइलमा फान्स र मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकप इतिहास मोरक्को अफ्रिकन महादेशबाट पहिलाले पटक सेमिफाइनलमा पुग्ने देश बनेर इतिहास रचेको छ ।
कतारको अल थुमामा रंगशालामा शनिबार भएको क्वार्टरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा आफ्नो स्थान बनाएको हो।
यो हारसंगै फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलको विश्वकप उचाल्ने यो पटकको सपना अधुरै रहेको छ । यद्यपी रोनाल्डोले व्यक्तिगत रुपमा भने उपलब्धी हासिल गरेको छ ।
खेलको पहिलो हाफमा बेञ्चमा बसेको रोनाल्डो मैदानमा उत्रिएसंगै सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बराबरी भएको छ कुवेतका बडेर अल मुटवाको नाममा रहेको १९६ अन्तर्राष्ट्रिय खेलको कीर्तिमान रोनाल्डोले शनिबार बराबरी गरेका छन् ।
त्यस्तै शनिबार अल बेयत रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा २-१ गोलको जीत निकाल्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गर्दा इंग्ल्यान्डलाई घर फर्किएको छ ।
प्रतिक्रिया