काठमाडौं । काठमाण्डौ उपत्यकामा मेलम्ची आयोजनाको खानेपानी वितरण शुक्रबारदेखि सुरु हुदैछ। महाँकालबाट खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले वितरण सुरु गर्दैछन् ।
मेलम्चीको पानी लगातार छ महिना वितरण हुने आयोजनाले उल्लेख गरेको छ ।
मेलम्ची आयोजना सुरु भएको लामो समयपछि २०७७ चैतमा पहिलोपटक उपत्यकामा पानी वितरण भएको थियो। तर जेठमा बाढीले क्षति पुगेपछि वितरण बन्द भएको थियो ।
मर्मत संभारपछि २०७८ चैतमा पुनः सुरु भएपनि वर्षाका कारण बन्द भएको थियो ।
प्रतिक्रिया