काठमाण्डौ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रमको विट मार्ने चरणमा आईपुगको छ । । निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म प्रतिनिधिसभा तर्फ १५६ स्थानको मत परिणाम आईसकेको छ ।
अहिलेसम्म मतपरिणाम घोषणाका आधारमा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । सत्ता गठबन्धनका कांग्रेसले ५३ स्थानमा विजय प्राप्त गरेको छ भने ३ स्थानमा अग्रता लिईरहेको छ ।
त्यस्तै नेकपा (एमाले) ले ४१ स्थानमा जित्दा २ स्थानमा अग्रता लिईरहेको छ । सत्ता गठबन्धनमा नेकपा माओवादी यो निर्वाचनमा निक्कै कमजोर देखिएको छ । अहिलेसम्म माओवादीले १७ स्थानमा विजय हासिल गरेको छ । नेकपा एसले १० सिट सुरक्षित गरेको छ ।
पहिलो पल्ट चुनावमा भाग लिएको रास्वपाले यो चुनावमा निक्कै राम्रो परिणाम निकालेको छ । यो पार्टी ७ स्थानमा विजय प्राप्त गरेको छ ।
त्यस्तै राप्रपाले ७, जसपा ६, लोसपा ४, नाउपा ३, जनमोर्चा १, जनमत पार्टी १ र अन्यले ६ स्थानमा विजय प्राप्त गरेको छ ।
सातै प्रदेश र समानुपातिक तर्फको मत गणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया