काठमाण्डौ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म प्रतिनिधिसभा तर्प ८१ स्थानको परिणाम आईसकेको छ ।
अहिलेसम्म मतपरिणाम घोषणाका आधारमा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । सत्ता गठबन्धनका कांग्रेसले ३० स्थानमा विजय प्राप्त गरेको छ भने २४ स्थानमा अग्रता लिईरहेको छ ।
त्यस्तै नेकपा (एमाले)ले १८ स्थानमा जित्दा २८ स्थानमा अग्रता लिईरहेको छ । सत्ता गठबन्धनमा नेकपा माओवादी यो निर्वाचनमा निक्कै कमजोर देखिएको छ । अहिलेसम्म माओवादीले ९ स्थानमा विजय हासिल गरेको छ भने ८ स्थानमा मात्र अग्रस्थानमा छ । ए. समाजवादीले ७ स्थानमा विजय प्राप्त गरेको छ । ३ स्थानमा अग्रता छ ।
पहिलो पल्ट चुनावमा भाग लिएको रास्वपाले यो चुनावमा निक्कै राम्रो परिणाम निकालेको छ । ६ स्थानमा विजय प्राप्त गरेको छ भने ३ स्थानमा अग्रता कायम छ ।
त्यस्तै राप्रपाले ३, जसपा १ लोसपा २, नाउपा १ र अन्यले ४ स्थानमा विजय प्राप्त गरेको छ ।
सातै प्रदेश र समानुपातिक तर्पको मत गणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया