१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

Breaking

रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने विरुद्ध उजुरी दर्ता भएको छ ।
चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार चितवन-२ का उम्मेदवार समेत रहेका लामिछानेको विरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता भएको हो ।
लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी हुनुपर्ने माग छ ।

बुधबार नै लामिछानेलाई परेको उजुरी बारे स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।
नेपालको नागरिकता सम्बन्धि कानुन नेपाल नागरिकता ऐन २०६३  बमोजिम कुनै पनि मुलुकको नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः खारेज हुन्छ ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार ००:००