काठमाडौं । तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।
४३ जना सवार प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा खस्दा १९ जनाको मृत्यु भएको हो । दुर्घटनामा २६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेको छ ।
अफ्रिकाकै सबैभन्दा ठूलो ताल भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै रहेको छ ।
दुर्घटना परेको विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो ।
प्रतिक्रिया