चुनावी माहोल सूरु भएको तथा लाभांशको सिजन पनि चलेकाले सेयर बजारमा नयाँ तरंग आउन सक्ने कतिपयको विश्लेषण रहेको छ । चुनावका कारण बजारमा पैसा आउने विश्वास लगानीकर्ताको रहेको छ । यता, ठूला वाणिज्य बैंकहरुको नाफा बढेकाले पनि लगानीकर्ता थप आशावादी भएका हुन् । यस्तै, बजार घटेको पनि १४ महिना पूरा भइसकेको छ ।
यसकारण पनि विस्तारै बजारले गति लिने विश्वास धेरैको रहेको हो । अर्थतन्त्रका सूचकहरु पनि क्रमशः सकारात्मक बन्दैछन् । रेमिटेन्स बढेको छ । अब ब्याजदर घट्न बाँकी छ । तरलता सहज भई ब्याजदर पनि केही घट्न थाल्यो भने नेप्सेले गति लिन सक्ने विश्लेषकहरु बताउँछन् । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानको पनि अहम भूमिका रहने गर्छ । न्युज कारखाना
प्रतिक्रिया