१५ कार्तिक २०८१, बिहिबार । October 31, 2024

Breaking

मुलुकले अभिभावक गुमायो : राष्टपति भण्डारी



काठमाण्डौ । राष्टपछि विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले मुलुकले अभिवाक गुमाएको बताउनु भएको छ ।

राष्टपति भण्डारीले ट्वीटमा भन्नु भएको छ ‘वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ । उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो । अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली’

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको स्थित किष्ट मेडिकल कलेजमा आज बिहान निधन भएको हो । जोशीलाई मुटु र प्रोष्टेटको समस्या थियो ।

उनलाई डेंगु संक्रमण समेत भएको थियो । अस्पताल भर्ना गरेर उपचार प्रारम्भ गरेका सुरुसुरुमा स्वास्थ्य अवस्था ठिकै रहेपनि पछिल्लो दिनमा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
जोशीको पार्थिक शरीर किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । त्यसपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ । अपराह्न चार बजे जोशीको पार्थिव शरिर पुनः अस्पतालमा लगिनेछ । जोशीको पार्थिव शरिर अस्पतालमा अध्ययनका लागि राखिने छ ।

प्रकाशित : ३० आश्विन २०७९, आइतबार ००:००