काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबारदेखि (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता सेयर निष्काशन गनेए अनुमति पाएको छ ।
जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी लागि छुट्याइएको छ ।
एक लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणका लागि आवेदन माग गरेको छ ।
प्रतिक्रिया