१५ कार्तिक २०८१, बिहिबार । October 31, 2024

Breaking

गायिका सुस्मिता स्याङ्तानको ‘भेट्लास है’



काठमाडौ । गायिका सुस्मिता स्याङ्तानको ‘भेट्लास है’ बोलको गीत बजारमा
आएको छ । पछील्लो समय सामाजिक सञ्जालमा सुपरिचित र्यापर निमा लामा, र्याप
स्टार र जेम्स जिम्बाले गाएको र्याप गीतको हुकलाइनमा गायिका सुस्मिता
स्याङ्तान र गायक एंव संगीतकार कर्साङ लामाको स्वर रहेको छ । गीतलाई
बिरिसु न्युजको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।

पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई सञ्चारकर्मी
विवेक लोप्चनले लेखेका हुन भने, कर्साङ लामाले संगीत संयोजन, ध्वनी
सम्पादन र संगीत गरेका हुन । गंगाराम राइले छायांकन गरेको उक्त म्युजिक
भिडियोलाई तामाङ चलचित्र जगतका महानायक अमिर दोङ्ले निर्देशन,
कोरियोग्राफी र सम्पादन गरेका हुन । भिडियोमा अशिम लोप्चन, सञ्जय बोम्जन,
राज श्रेष्ठ, कबिता तामाङ, विश्व तामाङ, अस्मिता तामाङ ,मन्दिरा तामाङ,
क्रिष्टिना जिम्बा,मरिचमन योन्जन, अमृत रुम्बा र प्रबी तामाङको अभिनय
समेटिएको छ ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार ००:००