काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई एक दिन राजाको रूपमा देख्न चाहेको विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले बताएका छन्।
शनिबार आफ्नो फेसबुक पेजमा मिश्रले जन्मदिनको शुभकामना दिँदै एक दिन राजाको रूपमा देख्न हेर्न चाएको बताएका हुन ।
संकटको बेला उपयोग गर्न संसदले बाँधेर भएपनि राजसंस्थालाई राख्नु पर्ने मिश्रले उल्लेख गरेका छन् ।
२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने – बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णतस् आर्थिक परनिर्भर्ता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ(फस्छ। त्यसैले, संकटका बेलामात्र सदुपयो गर्ने उद्येश्यका साथ संसदले बाँधेर ुखोपामा भए पनिु राजसंस्था राखौँ।
प्रतिक्रिया