काठमाण्डौ । पछिल्लो समय कोरोनाको सक्रमण तीव्र भएसंगै एक जनाको मृत्यू भएको छ । गत २४ घण्टामा १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
एक हजार ४७३ नमूनाको पिसीआर परीक्षण गर्दा ११४ र एक हजार ५६८ नमूनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४३९ छ ।
प्रतिक्रिया