एजेन्सी । भारत र चीनका सैन्य अधिकारी सम्मिलित वाता सुरु भएको छ । अधिकारीहरुबीच १६औँ चरणको वार्ता भारतीय भूमि चुशुल–मोल्दो सीमा बिन्दुमा सुरु भएको हो ।
यो बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट सेना फिर्ता गर्नेमा केन्द्रित रहेको जनाईको छ ।
द्विपक्षीय उच्चस्तरीय सैन्यवार्ताका निम्ति आजको बैठकलाई निक्कै महत्वका साथ हेरिएको छ । यो बैठकले मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ ।
दुवै देशले समाधान हुन बाँकी समस्या सैन्य र कूटनीतिक वार्ताका माध्यमबाट टुङ्ग्याउने प्रतिबद्धता जनाउदै आएका छन् ।
प्रतिक्रिया