काठमाण्डौ । आषाढ शुक्ल पूर्णिमाका दिन आज आफुलाई शिक्षा दिने गुरुजनप्रति सम्मान गरि गुरु पूर्णिमा मनाईदैछ ।
ज्ञानरूपी प्रकाशले अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
जन्मदिने आमा बाबुलाई जस्तै गुरुलाई पनि सम्मान गरिन्छ । गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं क्षिक्षासंग सम्बन्धित सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।
प्रतिक्रिया