२० माघ २०८१, आइतबार । February 2, 2025

Breaking

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग एनआरएनए टोलीको भेटघाट



काठमाण्डौ । गैरआवासीय नेपाली संघको एक प्रतिनिधि मंडलले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० संग भेटघाग गरेको छ ।
प्रतिनिधि मंडलका पदाधिकारीहरुले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयक बारे छलफल गरेका थिए ।
उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा बद्रि केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतका पदाधिकारीहरुले यो विधेयक ल्याउनको लागि सहयोग गरेकोमा पार्टीका अध्यक्षज्यू लगायत नेकपा माओवादी केन्द्र प्रति हार्दिक धन्यवाद प्रकट गर्नु भयो ।
उहाँहरुले यो विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराई विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुको भावनालाई संबोधन गर्न हार्दिक आग्रह गर्नु भयो ।

यसको प्रतिउत्तरमा पार्टिका अध्यक्ष प्रचण्डले संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यस्था गरिएको छ त्यही अनुरुप विधेयक आउने जानकारी गराउनु भयो । यसमा आफ्नो र पार्टीको तर्फबाट यहाँहरुलाई पूर्ण सहयोग रहने बताउनु भयो ।

यस कार्यक्रममा नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, संघको तर्फबाट उपाध्यक्ष महेश कुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, पूर्व आइसिसि सदस्य पशुपति भण्डारी लगायतका प्रतिनिधिहरु, गैरआवासीय नेपाली नागरिकता सम्बन्धी फोकल पर्सन सरोज दाहाल र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

प्रकाशित : २८ असार २०७९, मंगलबार ००:००