१४ कार्तिक २०८१, बुधबार । October 31, 2024

Breaking

श्रीलङ्काली राष्ट्रपतिको राजीनामा १३ जुलाईमा



एजेन्सी । श्रीलङ्काली राष्ट्रपति गोटाबाया राजपाक्षेले जुलाईको १३ तारिखमा राजीनामा दिने भएका छन् । उनले श्रीलंकाली संसदका राजीनामाका विषय जानकारी गराएका छन् ।

राष्ट्रपति गोटाबायाले शनिबार सभामुख अविवर्दनासँग आफूले जुलाई १३ मा राजीनामा गर्ने जानकारी गराएका सभामुख अविवर्दनाको कार्यालयले शनिबार प्रकाशन गरेको विज्ञप्तीमा जनाइएको छ ।

श्रीलङ्काका विभिन्न राजनीतिक दलहरुले राष्ट्रपति गोटाबायाको राजीनामा माग गर्दै आएका छन् । प्रधानमन्त्री रनिल विक्रमासिंघेले यस अघि नै राजीनामा दिने बताइसकेका छन् ।

प्रकाशित : २६ असार २०७९, आइतबार ००:००