काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक पुनः स्थगित भएको छ । आईतबारदेखि काठमाण्डौमा जारी बैठक शीर्ष नेताहरुको व्यस्तताका कारण मंगलबार स्थगन गरि आजलाई तोकिएको थियो ।
पार्टी अध्यक्ष प्रचण्डसहित शीर्षनेता संसद् बैठकमा सहभागी हुनुपर्ने भएपछि आजका लागि तोकिएको बैठक बिहीबारसम्म सारिएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
बिहीबार बिहान ११ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा बैठक सुरु हुनेछ ।
प्रतिक्रिया