काठमाण्डौ । नेकपा(एकीकृत समाजवादी( का अध्यक्ष माधव नेपालले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न नवनियूक्त मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।
पार्टीको तर्फबाट हालै नियुक्त चार मन्त्री र एक राज्यमन्त्रीलाई बिहिबार केन्द्रीय कार्यालय मीनभवनमा सरकार सञ्चालन तथा जिम्मेवारी निर्वाह सम्बन्धि यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले नवनियुक्त मन्त्रीहरुलाई विकृति विसंगतिमा नफस्न र सेवा प्रवाह चुस्तदुरुस्त बनाउन निर्देशन दिनु भयो । उहाँले भन्नुभयो जनतामा सकारात्मक छाप पर्ने गरी र पार्टीको शिर उँचो हुने गरी काममा खटिन खटिनुहोला, पार्टी र सरकारको इज्जत बढाउने गरी पारदर्शी रूपमा काम गर्नुहोस ।
समाजवादीको तर्फवाट जीवनराम श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीले सहरी विकास, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ ।
प्रतिक्रिया