गत २४ २४ घण्टामा भारतमा कोरोना भाइरसबाट थप १३ हजार ३१३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
हाल भारतमा ८३ हजार ९९० सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो एक दिनमा दश हजार ९१२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ३६ हजार २७ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ । भाइरसबाट मङ्गलबार भारतमा ३५ को मृत्यु भएको छ ।कोरोनाका कारण भारतमा पाँच लाख २४ हजार ९०० भन्दाबढीको मृत्यु भएको छ ।
प्रतिक्रिया