एजेन्सी । भूकम्पका कारण अफगानिस्तानमा मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ ।
अफगाननिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहर नजिकै बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा कारण उनीहरूको मृत्यु भएको हो ।
खोस्ट प्रान्तको स्पेरा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । त्यसैगरी बर्माला, जिरुक, नाका र गायन जिल्ला बढी प्रभावित भएका छन् ।
भूकम्पमा परी अहिलेसम्म पन्ध्रसय बढी घाइते भएको विवरण स्थानीय प्रहरी अधिकारीहरुलाई उदृद्ध गर्दै अन्तर्राटिय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय समय अनुसार विहान १.३० बजे भूकम्प गएको हो । भूकम्पका कारण हजारौँ भौतिक संरचना धस्त भएका छन् ।
प्रतिक्रिया