काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सङ्घका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यले बुधबार शपथ लिनुभएको हो ।
एन्फा निर्वाचन कमिटीको संयोजक श्रीराम दवाडीले नवनिर्वाचित अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित पदाधिकारीलाई शपथ गराउनुभएको हो । शपथसंगै नवनियुक्त अध्यक्ष नेम्वाङले आजै पदभार ग्रहण गर्नुभयो ।
असार ६ गते भएको एन्फाको २१ आँै साधारणसभाको निर्वाचनमा नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।
प्रतिक्रिया