काठमाण्डौ । सत्तारूढ दल गठबन्धन बैठकमा नागरिकता विधेयकलाई अगाडि बढाउने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव गर्नुभएको थियो ।
प्रक्रिया पूरा गरेर नागरिकता विधेयक संसद्मा पेश हुने उल्लेख गदै चाँडै नै निष्कर्षमा पु¥याउनका लागि छलफल केन्द्रित भएको बताउनुभयो ।
प्रतिक्रिया