काठमाडौँ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिएका छन् ।
आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने बताइएको छ ।
संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई दिएको छ भने शिक्षा नीतिमा पनि कक्षा १० को परीक्षा प्रदेश मातहत राखिएको छ ।
प्रतिक्रिया