काठमाडौँ । आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय नारि दिवस मनाइदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।
यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला दिवस मनाइँदै छ ।
अन्तर्राष्ट्रिय नारि दिवस भनिए पनि यसलाई श्रमिक महिला दिवसका रुपमा मनाउनु पर्ने तर्क गरिन्छ ।
नारि दिवश मनाउदैँ गर्दा नेपालका कतिपय ठाँउमा महिलाहरुको अझैँ समान पहुच हुन नसकेको अधिकारकर्मिहरु बताउछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अन्तराष्ट्रिय महिला दिवशको अवसरमा सुभकामना व्यक्त गर्दै महिला माथि हुने हिंसाका लागि सरकार सधैँ कठोर हुने बताएका छन् ।
प्रतिक्रिया