काठमाडौँ । पोखराको बुलौदीमा स्कूटरलाई गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरी जनाएको छ ।
ग ५ प ८३६४ नम्बरको स्कूटरलाई नम्बर नखुलेको सवारी साधनले आइतबार बिहान ठक्कर दिँदा स्कुटर चालक धनकुटा शहीद भूमि गाउँपालिका–१ हुगुवा घर भई पोखराको बैदाम बस्ने ४७ वर्षीय जितबहादुर राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया