काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्ने बताइएको छ ।
आइतबार बिहान १० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यो चरणमा ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने योजना छ ।
प्रतिक्रिया