काठमाडौँ । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको शिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेर तयारि सुरु गरेको छ ।
यस्तै कोष कार्य सम्पादन समितिको बैठकले सदस्य सचिव डा. प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति समेत गठन गरेको छ ।
शिवरात्रिका दिन महँगा गरगहना लगाएर र बालबालिका लिएर पशुपति क्षेत्रमा नआउन समेत कोषले भक्तजनमा अनुरोध गरेको छ ।
पशुपतिमा शिवरात्रिमा दर्शन गर्न आउने भक्तजनले अनिवार्यरुपमा मास्कसहित स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने समितिले जनाएको छ ।
प्रतिक्रिया