काठमाडौंँ । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले शान्तिपूर्ण राजनीतिमा आउन विस्वस्त र प्रतिबद्ध रहेको बताएका छन् । उनले जनताको सपना पुरा गर्ने सपनामा पनि संगै अघि रहेको समेत बताएका छन् । काठमाडौँको राष्ट्रिय सभा गृहमा सार्वजनिक हुने क्रममा सम्बोधन गर्दै विप्लवले यस्तो बताएका हुन् ।
विप्लवले ६ वर्षअघि लिएको एकीकृत जनक्रान्तिको कार्यक्रम भने कायमै रहेको पनि उनले बताएका छन् । वर्तमान संसदीय प्रणालीमा रहेको कमजोरीको व्याख्या गर्दै वैज्ञानिक समाजवादबारे जनमत संग्रहको माग पनि राखेका छन् ।
सरकारसँग भएको सहमतिप्रति कार्यान्वयन गर्नेमा विशेष जोड दिएका विप्लवले आफ्नो माग पूरा हुने वातावरण बनाउन पनि माग गरेका छन् ।
साथै जनताको समस्यामा सरकार एक ढिक्का भएर अघाडी बढ्नेमा समेत विश्वास गरेका छन् ।
प्रतिक्रिया