१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मनोरञ्जन

‘मिसेस नेपाल ग्ल्याम २०२१’ आयोजना हुने



काठमाडौँ । ‘मिसेस नेपाल ग्ल्याम २०२१’ आयोजना हुने भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बिहिबार एक बिज्ञप्ती जारी गर्दै ‘मिसेस नेपाल ग्ल्याम’को आयोजना र सहभागीता बारे जानकारी गराएको हो ।
प्रतियोगिताको पहिलो अर्थात छनौट चरणको अडिसन आगामी ७ चैत्रमा हुनेछ ।

प्रतियोगिताको यो तेस्रो सिजन हो । २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले सहभागीताका लागि आवेदन दिन सक्नेछन् । विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूको भविस्य सुधार्ने उदेश्य रहेको प्रतियोगिता ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लिका प्रिती कार्कीले बताइन् ।

प्रतियोगीताको बिजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशन’मा सहभागीता जनाउन पाउनेछन् । ‘मिसेस नेपाल ग्ल्याम’को उपाधि यस अगाडि अलाइजा महर्जन, मिनु प्रधान लगायतले जितेका थिए ।

अलाइजाले ‘मिसेस इन्टरनेशनल २०१८’ प्रतियोगिताबाट उनले ‘कन्टेस्टेन्ट अफ दि इयर’, ‘मष्ट इन्टेलेक्च्यु अल ब्यूटि’, ‘बेष्ट सेल्फ इन्टरडक्सन’ र ‘बेष्ट टेवल सेटअफ’ उपाधि समेत नेपाल भित्र्याएकी थिइन् ।
गत बर्ष कोरोना कारणले आयोजना यो प्रतियोगीता आयाेिजना हुन सकेको थिए । यसबर्षबाट त्यसले फेरि निरन्तरता पाएको हो ।

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार ००:००