काठमाडौं । प्रदेश नंं २ को ४ जिल्ला कोरोनाबाट मुक्त भएको प्रदेश नंं २ स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक प्रदेश नंं २ महोत्तरी र सर्लाही कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिएका छन् ।यस अघि सप्तरी र सिराहा जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएका थिए ।
त्यहाका जिल्लाहरूको संस्थागत तथा होम आइसोलेसनमा एक जना पनि कोरोनाका सक्रिय सङ्क्रमित नभएकाले सङ्क्रमणमुक्त भएको बताइएको छ ।
प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर रुपमा घटिरहेका पनि प्रदेश २ का स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
हालसम्म प्रदेश २ को ८ जिल्लामा १ लाख ४६ हजार १ सय ९ जनाको स्वाब सङ्कलन गरेकोमा परीक्षण गर्दा १७ हजार १ सय ९८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
यसै गरी कोरोनाका कारणले २ सय ९ जनाको मृत्यु भएको छ । १६ हजार ९ सय ७५ जना निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा.। यादवले जानकारी दिएका छन् ।
प्रतिक्रिया