१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मनोरञ्जन

चलचित्र पाइरेसी गरेको आरोपमा २५ बर्षिय सुजन परियार पक्राउ



काठमाडौं।   केही महिना अगाडि मात्र सार्वजनिक गरिएको ‘सिनेमा घर एप’बाट केही चलचित्र पाइरेसी गरेको आरोपमा प्रहरीले लमजुङका २५ बर्षिय सुजन परियारलाई पक्राउ गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै परियार पक्राउ गरिएको जानकारी दिइएको छ ।

चलचित्र विकास बोर्डमा आयोजना भएको पत्रकार सम्मेलनमा यो एपका संचालक सागर खरेल र खगेन्द्र लामिछानेले मोबाइलबाट खिचेर चलचित्र पाइरेसी भएको जानकारी दिए ।

अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी परियारलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको पत्रकार सम्मेलनमा अपराध महाशाखाका प्रहरी निरिक्षक भूवन बहादुर खड्काले जानकारी दिए ।

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार ००:००