२९ आश्विन २०८१, मंगलबार । October 15, 2024

मुख्य खबर

भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाको आर्थिक सहयोग



काठमाडौँ ।  बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग गरेको छ ।

समाजका कोषाध्यक्ष डीआर पनेरु, पूर्वअध्यक्षद्वय नरबहादुर सार्की र धर्मराज जोशी, पूर्वसचिव सुरेन्द्र भण्डारी, पूर्वकोषाध्यक्ष नवराज भट्टलगायतको समूहले भट्टको घरमै गई बैतडी दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की र वडाध्यक्ष भरतसिंह महरालगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरेको बताइएको छ ।

प्रकाशित : १८ फाल्गुन २०७७, मंगलबार ००:००