काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मंगलबार एक वक्तव्य जारी गर्दै आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गरेकी छन् ।
ताप्लेजुङको दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया