२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

विमानस्थलबाट १६० ग्राम अवैध सुनसहित एकजना पक्राउ



काठमाडौं । त्रिभुवन विमानस्थलबाट पछिल्लो समय अवैध सामाग्री भित्राउने क्रम बढेसंगै प्रहरीको सक्रियता बढिरहेको छ । यसैक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६० ग्राम अवैध सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यो परिमाणको सुनको ३ थान बाला र २ थान औंठीसहित स्याङ्जा चापाकोट नगरपालिका ६ घर भएका ४२ वर्षीय नगेन्द्रकुमार राना सोमबार राति पक्राउ परेका हुन् ।

रानालाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित : १८ फाल्गुन २०७७, मंगलबार ००:००