काठमाडौं। मोरङको उर्लाबारी नगरपालिका ५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १९ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको हो ।
परियार हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक हुन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरी गाउँपालिका ७ रमाइलोबाट सोमबार राति पक्राउ गरेको हो ।
उनलाई सरकारी वकिल कार्यालयमार्फत मङ्गलबार नै अदालतमा पेस गर्ने तयारी छ ।
प्रतिक्रिया