काठमाडौं। वरिष्ठ कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले गीत गाउदा पारिश्रमिक नलिने बताएका छन् ।
चेलीको प्राण नामक गीत तथा म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा श्रेष्ठले सो कुरा भनेका हुन् । ।
पछिल्लो समय उनले गाएका गीतहरु रुचाइएको र नयाँ गीतहरुको अफर आउने क्रम बढेसँगै उत्पादकलाई पारिश्रमिकको कुरा भन्दा पनि स्तरीय सिर्जना लिएर आउन उनले आग्रह गरेका छन् ।
सार्वजनिक गीतमा विद्या कार्कीको आवाज, शुरेस कार्कीको शब्द, देवी वराकोटीको संगीत रहेको छ भने भिडियोमा चाँदनी शाहको निर्देशन रहेको छ ।
प्रतिक्रिया